सन्राइज बैंकले जुम्लाबाट सुरु गर्यो डिजिटल वित्तीय साक्षरता कार्यक्रम
२० पुस काठमाडौं ।सन्राइज बैंकद्वारा जुम्लामा डिजिटल वित्तीय साक्षरताकार्यक्रम सम्पन्न गरेको छ । उद्योग वाणिज्य भवनजुम्लामापौष १४ गते बिहिबार आयोजित एक कार्यक्रमकाबीचबैंककाकार्ड तथा ईबैंकिङ्गका प्रमुखश्री मनोज धिमिरे, ब्राण्ड व्यवस्थापनतथा सि.एस.आर प्रमुखश्री सुमन थापा रजुम्लाशाखाप्रमुख खडक प्रसाद देबकोटाकोउपस्थितीमाडिजिटल वित्तीय साक्षरताकार्यक्रम सम्पन्नभयो ।सो वित्तीयसाक्षरताकार्यक्रममा १२० विद्यार्थी र स्थानियजनताको सहभागिता रहेको थियो ।
अहिलेको समयमाविद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भइरहेको अवस्थामा डिजिटल कारोबारलाई थप प्रवद्र्धन र प्रोत्साहनगर्न बैंकले डिजिटल साक्षरताकार्यक्रमको सुरुवातजुम्लाबाट गरेको हो । डेबिट÷क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, मिस्डकल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यूआर (QR)भुक्तानीलगायतका अत्याधुनिक बैंकिङ्ग उपकरणहरुको प्रयोगलाई बढावा दिँदै सर्वसाधारण जनतालाई डिजिटल माध्यमबाट भुक्तानीगर्न प्रोत्साहानगर्ने तथा सुरक्षित बैंकिङ्ग कसरी गर्ने भन्ने बारेमाजानकारी गराइएको थियो ।
सन्राइज बैंकले वित्तीय साक्षरताको अभावमामानिसहरुले असुरक्षितआर्थिक कारोबार गर्न नपरोस्, बैंक तथावित्तीय क्षेत्रमा सम्पूर्ण व्यक्तिहरुको पहुचपुगोस्, डिजिटल कारोबारका बारेमाव्यक्तिहरु अभ्यस्तबनुन्, आफ्नो व्यवसायिक योजनालाई बैंकको सहायताले बढाउन सकियोस् र त्यसले व्यक्तिहरुको आर्थिक आर्जन बढाई उनीहरुको जीवनस्तर पनि बढाउन सकियोस् भन्ने उद्देश्य साथ देशव्यापी रुपमावित्तिय साक्षरताकार्यक्रमगर्न लागेको बैंकले जनाएको छ ।