प्रधानमन्त्रीसमक्ष जिसी प्यानलले राख्यो व्यवसायीका एजेण्डा
३ माघ काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले संघको २९औं साधारण सभा उद्घाटका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेकोे छ । संघ तदर्थ समिति संयोजक विमल ढकाल, सह–संयोजक प्रेमबहादुर कटुवाल तथा सदस्य सचिव प्रज्ञान न्यौपानेले सोमबार प्रधानमन्त्री दाहाललाई भेटेर संघको साधारण सभा उद्घाटन गरी व्यवसायीहरूको हौसला बढाइदिन आग्रहसहित निमन्त्रणा पत्र दिएका थिए ।
जवाफमा प्रधानमन्त्री दाहालले वैदेशिक रोजगार व्यवसायीले रेमिट्यान्स भित्र्याउन खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै व्यवसायीहरूका कुरा सुन्न इच्छुक भएकाले सकेसम्म साधारण सभा उद्घाटन गर्ने बताएको संयोजक ढकालले जानकारी दिए । यसअघि ढकाल अध्यक्ष रहँदा नेपाली कांग्रेसका सभापति तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले संघको साधारण सभा उद्घाटन गरेका थिए ।
त्यसैगरी डा. ईश्वर जिसीले नेतृत्व गरेकोे वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनको संयुक्त प्यानलका उम्मेदवारहरूले पनि सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहाललाई भेट गरेर साधारण सभा उद्घाटनका लागि संघले दिएको निमन्त्रणाअनुसार उपस्थित भइदिन आग्रह गर्दै वैदेशिक रोजगार व्यवसायले नेपालको अर्थतन्त्रमा वर्तमान र भविष्यमा दिने योगदानका विषयमा सम्बोधन गरी व्यवसायीमा उत्साह भर्न आग्रह गरेकोे छ ।
अध्यक्षका उम्मेदवार जिसीले आफूले सरकारले उपयुक्त निर्णय नगरिदिँदा वैदेशिक रोजगारमा जाने कामदारले म्यानपावर व्यवसायीलाई तिरेको सबै रकमको रसिद नपाएको र व्यवसायीले पनि आफूले कामदार पठाएवापत लिएको रकमको सरकारलाई कर तिर्न नपाएको जटिलताका विषयमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको बताए ।
त्यसैगरी आफूहरूले वैदेशिक रोजगार व्यवसायलाई हालैको अवस्थाबाट स्तरोन्नति गरी होटल तथा बैंक जस्तो सेवा उद्योगका रूपमा स्थापित गर्न आग्रह पनि गरेकोे जानकारी दिए । जवाफमा प्रधानमन्त्री दाहालले निर्वाचनमा जितका लागि शुभकामना दिँदै संघको निर्वाचित कार्यसमितिसँग समस्या समाधानका सम्बन्धमा विस्तृत छलफल गर्ने आश्वासन दिएको जिसीले बताए ।
यसैबीच सोही संयुक्त प्यानलले ललितपुरमा व्यवसायीहरूसँग अन्तरक्रिया सम्पन्न गरेको छ । हिमालय होटलमा उक्त प्यानलले यसअघिका कार्यक्रम परिवर्तन गरी राउन्ड टेबुलमा ललितपुरका व्यवसायीका समस्या सुनी संघमा निर्वाचित भएपछि गर्न सक्ने सुधारका विषयमा प्रतिवद्धता जनाएको छ ।
डा. जिसीको प्यानलले निर्वाचित भएको तीन महिनाभित्र संघको भवन निर्माण गर्न शुरु गर्ने, संख्या सयको प्रावधान खारेज, कामदारको महिनाको तलब बराबर हुने गरी सेवा शुल्क परिमार्जन, सबै प्रकारको सिण्डिकेटहरुको अन्त्य गरी वैदेशिक रोजगार कसुरलाई फौजदारी कानून अन्तर्गत नभई देवानी तथा वाणिज्य कानून अन्तर्गत फछ्र्यौट गराउनुपर्ने, संघको मध्यस्थतामा उजुरी प्रतिनिधिमार्फत फछ्र्यौटको व्यवस्था, पूर्व स्वीकृतिसम्बन्धी दफा १५ देखि १९ सम्मको व्यवस्था खारेज गरी रोजगार सम्झौताअनुसार एकैचोटी अन्तिम श्रम स्वीकृति, धरौटी वृद्धिपछि छुट्टाछुट्टै इजाजतपत्र लिनुपर्ने व्यवस्थाको अन्त्य लगायतका एजेण्डा उठाएको छ ।
सो प्यानलको प्रथम उपाध्यक्षमा मञ्चका अध्यक्ष कान्तिपुर मेनपावर प्रा.लि.का सञ्चालक धनलाल जैसी, द्वितीय उपाध्यक्षमा सुप्रिम ओभरसिज प्रा.लि.का बाबुराम खड्का, तृतीय उपाध्यक्षमा कन्फिडेन्ट इन्टरनेशनल प्रा.लि.का अनिल बोगटी, महासचिवमा इम्प्लोइमेन्ट लिंक नेपालका मधुकर रिजाल, सचिवमा अजम्बरी ओभरसिज प्रा.लि.का टक्करबहादुर पाख्रिन, कोषाध्यक्षमा इम्पावर ह्युमन रिसोर्सेज प्रा.लि.का केदारनाथ अधिकारी रहेका छन् ।
सदस्यमा शेरमान ग्लोबल म्यानेजमेन्ट ओभरसिज प्रा.लि.का गणेश कुँवर, आयुष ओभरसिज प्रा.लि.का कामेश्वर साह राहुल, फ्युचर लिंक इन्टरनेशनल प्रा.लि.का फिरोज खान, एसआर ग्रुप कम्पनीका सन्दीप पुडासैनी, ग्यालेक्सी युनिभर्सल सर्भिस प्रा.लि.का एक नारायण काफ्ले, पाण्डा ह्युमन रिसोर्सेज प्रा.लि.का प्रेमबहादुर गिरी, दि एक्वायर ग्रुप प्रा.लि.की देवी माया थापा, शिभम इन्टरनेशनल म्यानपावर सर्भिस प्रा.लि.का शिवबहादुर कुँवर र स्यारोन म्यानपावर सर्भिस प्रा.लि.का सरोज कुशवाह रहेका छन् ।
कार्यक्रममा अध्यक्षका उम्मेदवार जिसीले सम्मानित वैदेशिक रोजगारका लागि आफ्नो उम्मेदवारी रहेको बताए । अध्यक्ष जिसीसहित प्यानल अन्य उम्मेदवारहरूले आफ्नो प्यानलको प्रमुख उद्देश्य व्यवसायीको सामाजिक प्रतिष्ठा अभिवृद्धि गरेर व्यवसायीहरूको शिर ठाडो पार्नु रहेको प्रतिवद्धता जनाएका छन् ।
इश्वर जि सी समूह नै किन ?
१- यो आधुनिक समयमा अझै अनेक झन्झट बाट मुक्त गर्दै बिदेश जादा/ पठाउदा श्रम स्विकृति लिने नियम नै खारेज गर्न।
२- एम्बेस्सीमा हुने प्रशासनिक समस्या समाधान गर्न तथा नयाँ कार्डको ब्यबस्था तुरुन्तै सहज गर्न।
३- ब्यबसायीलाई १०० संख्या को वाध्यकारी नियमबाट सधैंको लागि मुक्ती दिन।
४- सम्पूर्ण सिन्डिकेडको प्रयासहरु पुर्ण रुपमा रोक्न।
५-बै. रो. ब्यबसायी संघलाई राजनीतिबाट धेरै टाढा राख्न।
६- यो ब्यबसाय सम्मानको साथ ठाडो शिर बनाएर गर्न।
७- यो ब्यवसायलाई उत्कृष्ट सेवा मुलक उधोग बनाउन।
८- यो ब्यबसाय आफ्ना सन्ततिहरुलाई गर्ब साथ पुस्तान्तरण गर्ने योग्य बनाउन।
हजुरको १ भोटले समग्र ब्यबसाय सुध्रिने छ, त्यसैले हजुरसँग भोट्को लागी बिनम्र अनुरोध गर्दछु।
हजुरको दिन शुभ रहोस् ????
