सांसद सिके राउतद्धारा क्यान इन्फोटेक मेला अवलोकन
२८ माघ काठमाडौं । जनमत पार्टी नेपालका अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद सिके राउत भृकटीमण्डपमा जारी क्यान इन्फोटेक २०२३ मा अवलोकन गरेका छन् । अमेरिकामा सूचना प्रविधि सम्बन्धी लामो समय काम गरेर नेपाल फर्केपछि राजनीतिमा सक्रिय भएका चन्द्रकान्त (सिके) राउत हाल प्रतिनिधि सभाको सांसद र जनमत पार्टीका अध्यक्ष समेत हुन् ।
क्यान इन्फोटेक मेला अवलोकन गर्न आईपुगेका सांसद सिके राउतलाई क्यान महासंघका अध्यक्ष रञ्जित कुमार पोदारलगायतका पदाधिकारीहरुले स्वागत गरेका थिए । सूचना प्रविधि, विद्युतीय भुक्तानी सेवा प्रदायक, आईटी कलेज, आईटी सम्बद्ध मिडियाहरुको स्टल रहेको क्यान मेलामा सिके राउतले उत्साहप्द अवलोकन गुरेका छन् ।
अमेरिकाको कम्प्युटर मिसाईल डिफेन्समा काम गरेका नेपालमा उत्कृष्ट आईटी बैज्ञानिक हुन् । लामो समय विदेशमा काम गरेपछि नेपाल फर्केर मधेशी जनताको मुक्तिको लागि भन्दै राजनीतिक अभियान चलाउँदै आएका छन् ।सिके राउतले आजको क्यान मेलामा राखिएका स्टलहरुमा पुगेर उत्साहपूर्वक अवलोकन गरेको क्यान महासंघले जनाएको छ ।