अल द बेस्ट रविजी – मेयर साम्पाङ


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख १० २०८०
1.5K
SHARES

१० वैशाख काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङ चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेका पक्षमा देखिएका छन्। आज त्यहाँ प्रतिनिधिसभा उपचुनावअन्तर्गत मतदान भइरहेका बेला मेयर साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेलाई जितका लागि शुभकामना दिएका हुन्।

मेयर साम्पाङले आफ्नो फेसबुकमा लेखेका छन्– ‘अल द बेस्ट रविजी!’ स्वतन्त्र उम्मेदवारी दिएर मेयरमा विजयी साम्पाङले रविको पार्टीको नाम पनि स्वतन्त्रै भएकाले पक्षधरता देखाएका त होइनन्? यो भने साम्पाङ नै जानून्।

यसअघि मंसिर ४ को चुनावमा पनि चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा रवि विजयी भएका थिए। तर नागरिकतासम्बन्धी मुद्दामा अदालतले उनलाई दोषी ठहर गरेपछि दुवै पद गएको हो। यसैकारण अहिले उपनिर्वाचन भइरहेको हो।