दोब्बर बढी मतले रास्वपाका वाग्ले अगाडि


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख ११ २०८०
1.6K
SHARES

११ वैशाख काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको प्रारम्भिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार स्वर्णिम वाग्ले दोब्बर मतले अघि लागेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वाग्लेले चार हजार ३०३ मत पाएका छन् । सत्ता गठबन्धनकोतर्फबाट नेपाली कांग्रेसका उमेदवार गोविन्द भट्टराईले एक हजार ९३३ मत पाएका छन् ।

त्यस्तै, नेकपा (एमाले)का उमेदवार सर्वेन्द्र खनालले एक हजारर १९८मत प्राप्त गरेका छन् ।