रेशम चौधरी क्रान्तिकारी हुन् – डा. भट्टराई


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ ३ २०८०
2K
SHARES

३ जेठ काठमाडौँ । टिकापुर घटनामा रेशम चौधरीलाई जन्मकैद गर्ने उच्च अदालतको फैसलालाई सर्वोच्च अदालतले सदर गरेपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आपत्ति जनाएका छन् । भट्टराईले चौधरी अपराधी नभएर क्रान्तिकारी रहेको जिकिर गरेका हुन् ।

सामाजिक सञ्जालमा डा भट्टराईले लेखेका छन्, ‘अदालत र न्यायाधीशले पुरानारविद्यमान कानुन,नजिर,सोच राखेर ‘अपराध’ को परिभाषा गर्छन् र ‘अपराधी’ लाई दण्ड सुनाउँछन् ! क्रान्तिकारीले पुरानोरविद्यमानसँग विद्रोह गरेर नयाँरभविष्यमुखी सोचरमान्यतारविधि स्थापित गर्न खोज्छन् र पुरानाको नजरको ‘अपराध’ गरिरहन्छन् ! इतिहासमा यो अन्तर्विरोध निरन्तर चलिरहेको छ र चलिरहनेछ ! रेशम चौधरी क्रान्तिकारी हुन् ! सलाम !!’

मंगलबार न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले टिकापुर नरसंहारका प्रतिवादी चौधरीलाई जन्मकैद गर्ने उच्च अदालत दिपायलको फैसला सदर गरेको हो । सर्वोच्च अदालतको फैसलासँगै तत्कालीन कानुनको आधारमा प्रतिवादी चौधरीलाई २० वर्ष कैद सजाय हुनेछ ।