सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ ४ २०८०
1.3K
SHARES

४ जेठ काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ ।संघीय संसद् भवन, बानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेशनको छैटाैं बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्नेछ ।

संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका सदस्यहरूले सोधेको जवाफ दिने कार्यक्रम रहेको छ ।

साथै, प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सबन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आर्थिक वर्ष २०७८र७९ को वार्षिक प्रतिवेदन’ पनि पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।