म तिम्रो फिगरको फ्यान हुँ – प्रहरी इन्स्पेक्टर


Capital Headline
प्रकाशित मिति : सोमबार, असार १८ २०८०
3.8K
SHARES

१८ असार काठमाडौं । नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुवास तिमिल्सिनामाथि सामाजिक सञ्जालमार्फत आपत्तिजनक मेसेज पठाएको आरोप लागेको छ । ट्विटरमा ‘अब बोल्ने’ ह्यान्डिलबाट सार्वजनिक भएको म्यासेजको स्क्रिनसटमा भनिएको छ, “नेपाल प्रहरीको शक्तिमार्फत कास्की प्रहरी निरीक्षकले महिलामा असुरक्षा सिर्जना गरिरहेका छ ।”

स्क्रिनसटमा राति ११ बजेतिर कुराकानी भएको देखिन्छ । सुवास तिमिल्सिना नामक ह्यान्डल र ‘पीडित’ महिलाबीच विभिन्न संवाद भएको देखिन्छ ।

गणडकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुले घटनाबारे छानबिन गर्न डीएसपीको नेतृत्वमा  समिति गठन गरिएको जानकारी दिए ।

“हामीले छानबिन समिति बनाएका छौँ । अहिले कुनै जानकारी आएको छैन । समितिको सुझाव अनुसार अगाडि बढ्छौँ,” उनले क्यापिटल हेडलाईनलाई भने । उनका अनुसार तिमिल्सिना जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत छन् ।