धनसार भत्कँदा गण्डकी गाउँपालिकामा एकको मृत्यु, ३ जना घाइते


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार १९ २०८०
2.3K
SHARES

१९ असार गोरखा । गण्डकी गाउँपालिका–४ ढावेमा निर्माणाधीन धनसार भत्कँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । धनसारमा च्यापिएर ४१ वर्षीया मिना बरामको मृत्यु भएको प्रहरीले जनाएको छ । धनसारले च्यापेर ६५ वर्षीय रामकृष्ण बराम, ४५ वर्षीय जंगबहादुर बराम र २१ वर्षीय सुजन बराम घाइते भएका छन् ।

रामकृष्णको कम्मरमुनिको भागमा चोट लागेकाले थप उपचारका लागि काठमाडौं लगिँदै छ । बाँकी दुई जनाको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए । ताङ्लिचोकबाट प्रहरी टोली घटनास्थल पुगेको र थप अनुसन्धान भइरहेको उनले बताए ।