पालुङटार नगरपालिकाको १३औं नगर सभा सम्पन्न


Capital Headline
प्रकाशित मिति : सोमबार, असार २५ २०८०
1.8K
SHARES

२५ असार गोरखा । असार ०६ गते बाट सन्चालित पालुङटार नगरपालिकाकाे १३ अैां नगर सभाले आज मिति २०८०/०३/२५ गते पालुङटार नगरपालिकालाई सुन्दर , शान्त नगरकाे रुपमा विकास गर्नका लागि प्लास्टिक मुत्त नगर बनाउने प्रयास स्वरुप नगरकार्यपालिका अन्तर्गतका कार्यलयमा प्लास्टिक जन्य सामग्रीको प्रयोग निषेध गर्ने निर्णय गरेको छ ।

त्यसै गरि खादा विस्थापित गर्ने निर्णय गर्दै आर्थिक वर्ष २०८०/०८१ को प्रस्ताव गरिएको प्रस्तावित बजेट पास गर्दै यस सभाबाट पारित विधेयकहरुलाइ कार्यन्वयन गर्नका लागि सबै सदस्य ज्युहरुलाइ अनुरोध समेत गरेको छ ।