अब गण्डकी गाउँपालिकाको कार्यलय वनटारमा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार २९ २०८०
2.3K
SHARES

२९ असार गोरखा  ।आज  गण्डकी गाउँपालिकाको प्रशासनिक भवन वडा नम्बर ६ स्थित वनटार बनाउने प्रस्ताव गाउँ सभाबाट पारित भएको छ । शुक्रवार बसेको १३ओऔ गाउँसभाकाे बहुमत सदस्यले पालिकाको प्रशासनिक भवन बनटारमा बनाउने प्रस्ताव पारित गरेको हो । २०७४ मा स्थानीय सरकार सञ्चालन भएपछि गाउँपालिकाको अस्थायी भवन वडा न ६, भुम्लिचाेककाे ओखलडाँडामा कायम गर्ने निर्णय गरेको थियो ।

२०७९ को स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित भएका दीपक तिमिल्सिनाकाे नेतृत्वले गाउँपालिकाको सेवा कार्यालयका रूपमा तोमनडाडा सञ्चालन गर्ने निर्णय गरेको थियो । गाउँ सभा मार्फत पारित भएपछि अब पालिकाले भवन निर्माण गर्न बाटो खुला भएको छ ।

यसअघि नै पालिकाले ल्याएको नीति तथा कार्यक्रममा सहित बजेटमा पालिकाको प्रशासनिक भवन बनाउन बजेट विनियोजन गरेको थियो। अब पालिकाको प्रशासनिक भवन निर्माणको लागि छिट्टै ठेक्का टेन्डर हुने अध्यक्ष दिपक तिमिल्सिनाले जानकारी दिए ।