सुन भनेर समातिएको धातु पित्तल


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन ६ २०८०
5K
SHARES

६ साउन काठमाडौ । थाइ नागरिकबाट बरामद गरिएको पहेँलो धातु पित्तल पुष्टि भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थाई नागरिकबाट बरामद गरेको साढे चार किलो पहेँलो धातु परीक्षणका क्रममा सुन नभएको पुष्टि भएको हो । थाई नागरिकले उक्त वस्तु पित्तल भएको बताएका थिए ।

आफू धार्मिक प्रयोजनका लागि नेपाल आएको बताउने उनलाई नै उक्त धातु फिर्ता दिइएको भन्सार विभागले जनाएको छ । भन्सार कार्यालयले बैककबाट काठमाडौं आएका थाइ नागरिकबाछ १० थान बिस्कुट आकारको धातु बरामद गरी परीक्षण गरेको थियो ।