सर्टिफिकेट अफ मेरिट अवार्ड माछापुच्छ्र्रे बैंकलाई


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन ७ २०८०
2.3K
SHARES

७ साउन काठमाडौ । माछापुच्छ्रे बैंक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले हरेक वर्ष प्रदान गर्ने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन (बिपिए) अवार्ड–२०२२ बाट सम्मानित भएको छ।

बैंकले बैंकिङ क्षेत्र तर्फको ‘सर्टिफिकेट अफ मेरिट’अवार्ड प्राप्त गरेको हो।  नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बैंकले तयार गरेको आर्थिक वर्ष २०२१/२२ को वार्षिक प्रतिवेदनमा समावेश गरिएका वित्तीय विवरणको प्रस्तुति र स्वीकृति, पारर्दशिता, विषयवस्तु, सुशासन लगायतका कुराहरुलाई मध्यनजर गर्दै उक्त अवार्ड प्रदान गरेको बैंकले बताएको छ।

बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०३ एटिएममार्फत् १४ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ।