साढे ७ लाख बढी कित्ता सेयर बिक्री गर्दै कुमारी बैंक


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन १९ २०८०
3.3K
SHARES

१९ साउन काठमाण्डौ । कुमारी बैंकले साढे ७ लाख बढी कित्ता सेयर आज साउन १९ गतेबाट बिक्रीमा राखेको छ। बैंकले संस्थापक समूहको ७ लाख ५७ हजार ६९९ कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीसँगै जोकाही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०५ रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा भने १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको काठमाण्डौको लाजिम्पाटस्थित कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ। खरिद आवेदन दिने अन्तिम म्याद भदौ १ गते अपराह्न २ बजेसम्म तोकिएको छ।