ग्लोबल आइएमइ बैंकको खुद नाफा ७ अर्ब २५ करोड
२१ साउन काठमाडौं। ग्लोबल आइएमइ बैंकले खुद नाफामा उच्च सुधार गरेको छ। बैंकको खुद नाफा ४६.२६ प्रतिशतले बढेर ७ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। पोहोर यो बैंकको नाफा ४ अर्ब ९५ करोड रुपैयाँ थियो।
बैंकको खराब ऋण बढ्नुका बाबजुद ऋण विस्तारमा भएको सुधारले समग्र नाफालाई माथि लगेको हो। यद्यपि, वितरण योग्य नाफा भने थोरै घटेको छ। बैंकको खुद ब्याज आम्दानी ६६ प्रतिशतले बढेर १७ अर्ब ११ करोड रुपैयाँ नाघेको छ। बैंकको निक्षेप ५४ प्रतिशतले बढ्दा ऋण ३८ प्रतिशतले बढेको छ।
बैंकको निक्षेप (ग्राहकसँगको) ४ खर्ब २६ अर्ब पुगेको छ भने ऋण ३ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ। बैंकक खराब ऋण १.२८ प्रतिशतबाट बढेर ३.०८ प्रतिशत पुगेको छ।