लुम्बिनी विकास कोषको उपाध्यक्षमा डा. ल्हारक्याल लामा नियुक्त


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन २१ २०८०
2.7K
SHARES

२१ साउन काठमाडौं । लुम्बिनी विकास कोषको कार्यकारी उपाध्यक्षमा पूर्वराज्यमन्त्री तथा बुद्धिजममा विद्यावारिधि गरेका डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) नियुक्त भएका छन् ।मन्त्रिपरिषद्को बैठकले दुवै संविधानसभाको सदस्यसमेत रहेका डा. लामालाई कोषको उपाध्यक्षमा नियुक्त गरको हो ।

यसअघिका उपाध्यक्ष अवदेश त्रिपाठीको सात वर्षे कार्यकाल सकिएपछि रिक्त रहेको उपाध्यक्षमा बौद्ध धर्मका गुरुलाई नियुक्त गरिएको एक मन्त्रीले बताए । विश्वभरका बुद्धमार्गी तथा सरकारहरु संलग्न रहेको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका केन्द्रीय सचिवसमेत रहेका डा.लामालाई पाँच वर्षका लागि नियुक्त गरिएको हो । डा.लामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत छन् ।