नेपाल बीमक संघले भूकम्प जोखिम बारे अन्तर्राष्ट्रिय वेबिनार गर्दै


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन २४ २०८०
2.2K
SHARES

२४ साउन काठमाडौ । नेपाल बीमक स‌ंघको पहलमा नेपालका बीमा क्षेत्रका जनशक्तिका लागी भूकम्प इन्जिनियरिङ सम्बन्धी अन्तर्राष्ट्रिय वेबिनारकाे आयाेजना हुने भएकाे छ।

संघले एशियन इन्स्टिच्यूट अफ टेक्नाेलाेजी, हङकङस्थित बीमा दलाल टिक्युआर र प्राेफेशनल एडभान्समेन्ट ब‌ंगलादेशसँगकाे सहकार्यमा वेबिनारकाे आयाेजना गर्न लागेकाे हाे ।

११ अगस्टमा आयाेजना हुने वेबिनारमा टर्कीकाे महाविनाशकारी भूकम्पकाे सन्दर्भलाई लिएर श्राेत व्यक्ति प्राध्यापक पेनङ वार्निटचायले अनुभव साट्नेछन् । उनी एशिया इन्स्टिच्यूट अफ टेक्नाेलाेजीकाे इन्जिनियरिङ तथा प्रविधि विभागका प्राध्यापक हुन् ।

वेबिनारमा भूकम्पीय जाेखिमकाे उचित व्यवस्थापन, पर्याप्त जाेखिम सुरक्षा, स‌ंकटकाे समयमा बीमितलाई सहयाेग, सिस्मिक जाेखिम मूल्यांकन, जाेखिमांकन अभ्यास, जाेखिम न्यूनीकरण प्रयास पुनर्बीमा व्यवस्थापन र दाबी व्यवस्थापनका विषयमा विज्ञले अनुभव साट्नेछन् ।

भूकम्पीय उच्च जाेखिमयुक्त मुलुक नेपालकाे सन्दर्भमा समेत टर्कीकाे अनुभव उपयाेगी हुने अपेक्षा सहित कार्यक्रमकाे आयाेजना गर्न लागिएकाे स‌ंघका अध्यक्ष चंकी क्षेत्रीले जानकारी दिए ।

संघले वित्तीय क्षेत्रका जनशक्तिलाई प्राविधिक तालिम उपलब्ध गराउँदै आएकाे अन्तर्राष्ट्रिय मान्यता प्राप्त स‌ंस्था एआइटीबाट नेपालका लागी उपयाेगी हुनसक्ने तालिम तथा प्रशिक्षण कार्यक्रमहरुमा समेत बीमा क्षेत्रकाे जनशक्तिलाई सहभागी गराउन सकिने स‌ंभावना औंल्याएकाे छ ।

संस्थागत सम्बन्धकाे विस्तारसँगै नेपालकाे बीमा क्षेत्रमा कार्यरत जनशक्तिका लागी अवसर खाेज्ने माध्यम पनि बन्ने विश्वास स‌ंघकाे छ।