पूर्व नेपाली बैंकर खतिवडा म्यानमारको बैंकमा सीईओ नियुक्त


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन २६ २०८०
11.8K
SHARES

२६ साउन काठमाडौं । पूर्व नेपाली बैंकर भेषराज खतिवडा म्यानमार सिटिजन्स बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन् ।

उनको शुक्रबार म्यानमार सिटिजन्स बैंक लिमिटेडको व्यवस्थापनले प्रमुख कार्यकारीको जिम्मेवारीमा नियुक्त गरेको हो । यसअघि खतिवडा उक्र बैंकको चिफ अपरेटिङ अफिसर थिए ।

म्यानमारको बैंकमा जानुअघि खतिवडाले एनआईसी एसिया बैंकमा सहायक प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए भने उनले प्रभु बैंकमा चिफ अपरेटिङ अफिसरको काम गरेको अनुभव थियो ।

उनले प्रभु बैंकमा नै प्रमुख कर्जा अधिकृतको जिम्मेवारीमा पनि काम गरेका थिए । त्यसले उनले नविल बैंकमा काम गरेको बैंकिङ क्षेत्रको अनुभव बटुलेका थिए ।