महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन २८ २०८०
2.1K
SHARES

२८ साउन काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटेल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा रहेका संस्थाहरुसँग सम्झौता गरेको छ।

सम्झौतापश्चात महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले ती संस्थाका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकले पर्साको वीरगन्जस्थित मंगलम डायग्लोस्टिक सेन्टरको प्याथोलोजी टेस्ट सेवामा १० प्रतिशत, बाराको सिमरास्थित होटेल क्विक–२० एन्ड रिभर साइड प्रालिका सेवाहरुमा अधिकतम १० प्रतिशत, मकवानपुरको हेटौँडास्थित रिगल हेटौँडा रिसोर्ट प्रालिका सेवाहरुमा अधिकतम १५ प्रतिशत, कैलालीको धनगढीस्थित नसर्ग हस्पिटल प्रालिका सेवाहरुमा अधिकतम २० प्रतिशत, मकवानपुरको हेटाैँडास्थित विशुद्ध मोमोचाका सेवाहरुमा १० प्रतिशत र चितवनको भरतपुरस्थित कविलाश रिसोर्ट एन्ड फनपार्कका सेवाहरुमा १० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन्।

यस किसिमको सहकार्यबाट बैंकका डेबिट वा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ। यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।