६० किलो सुनको भुक्तानी ‘क्रिप्टो करेन्सी’मार्फत
१४ भदौ काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा ‘क्रिप्टो करेन्सी’ जोडिएको छ । सुन तस्करीमा संलग्नहरूले डिजिटल मुद्रा ‘क्रिप्टो करेन्सी’ मार्फत आर्थिक कारोबार गर्ने गरेको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धानबाट खुलेको छ ।
हङकङबाट तस्करी गरेर ल्याएको सुनमा संलग्न आरोपमा अहिलेसम्म ७ जना चिनियाँ र एक जना बेल्जियन नागरिक सहित २५ जना पक्राउ परेका छन् । आरोपीतहरुले क्रिप्टो करेन्सीमार्फत सुनको भुक्तानी गरेको भेटिएपछि सिआईबीले प्रहरी वरिष्ठ उपरीक्षक ए.एम. चन्द्र सिंह धामीलाई त्यसबारे अनुसन्धान गर्ने जिम्मेवारी दिएको छ । प्राविधिक तर्फका एसएसपी धामी नेपालमा क्रिप्टो करेन्सीबारे जानकार हुन् ।