काठमाडौं महानगरको ४ अर्ब ६ करोड बेरूजु


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र १४ २०८०
2.2K
SHARES

१४ भदौ काठमाडौं । काठमाडौं महानगरपालिकाको बेरुजु ४ अर्ब रुपैयाँ देखिएको छ । काठमाडौं महानगरपालिका, लेखा समितिको आर्थिक वर्ष (आव) २०७३/७४ देखि आव ०७८/७९ सम्मको अन्तिम लेखा परीक्षण प्रतिवेदन अनुसार ४ अर्ब ६ करोड ४२ लाख ८ हजार रुपैयाँ बेरुजु देखिएको हो । गत आवको लेखापरीक्षण हुन बाँकी छ ।

महानगरपालिकाको आन्तरिक लेखा परीक्षण विभागका प्रमुख यादव घिमिरेका अनुसार कुल बेरुजुमध्ये सबैभन्दा धेरै राजस्वतर्फ रहेको छ । घिमिरेका अनुसार यसमध्ये पनि असुल उपर गर्नु पर्ने प्रकृतिको बेरुजु धेरै छ ।

‘सम्बन्धित व्यक्ति तथा संस्थाबाट बेरुजु रकम असुल उपर गराउन पत्र पठाएका छौं’ समितिको निर्णयबारे जानकारी दिँदै घिमिरेले भने ।