डिम्याट खाता नवीकरण नगरेका लगानीकर्ताले शेयरमा आवेदन दिन नपाउने


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र १७ २०८०
2.3K
SHARES

१७ भदौ काठमाडौं । डिम्याट खाता नवीकरण नगरेका लगानीकर्ताले साधारण शेयर, हकप्रद शेयरमा आवेदन दिन नपाउने भएका छन् साथै त्यस्ता लगानीकर्ता क्लोज आउटमा समेत पर्ने छन् । सीडीएससीले डिम्याट खाता नवीकरण नगरेको खण्डमा आईपीओ, हकप्रद सेयरमा आवेदन दिन नपाउने, क्लोज आउटमा पर्ने बताएको छ ।

सीडीएससीले लामो समयदेखि लगानीकर्तालाई भदौ १५ गतेसम्म अनिवार्य रुपमा डिम्याट खाता नवीकरण गर्न भनेको थियो । अब उक्त अवधिमा नवीकरण नगरेका लगानीकर्ताले शेयरमा आवेदन नदिन नपाउने भएका छन् । शेयरमा आवेदन दिनका लागि डिम्याट खाता नवीकरण गर्नुपर्ने छ ।

सीडीएससीले लगानीकर्ताले आफ्नो हितग्राही खाताको बार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष समाप्त हुनु अगावै आफ्नो निक्षेप सदस्यलाई बुझाउनुपर्ने व्यवस्था रहेकोमा सो अनुसार शुल्क नबुझाउने लगानीकर्ताको हितग्राही खाता निक्षेप सदस्यले रोक्का राख्ने भएकाले यस्ता लगानीकर्ताले सेयर विक्री गर्दा खाता रोक्का भएका कारणले ई डीआईएस हुन नसकी क्लोज आउट पर्ने जनाएको छ ।

कतिपय लगानीकर्ताले आफ्नो हितग्राही खाताको नवीकरण नगरी मेरो सेयर मात्र नबीकरण गर्ने गरेको पाइएकोले अबदेखि डिम्याट खाता नविकरण नगरेकाको मेरो सेयर पनि रोक्का राख्ने सिडिएसीले भनेको छ ।