ज्योति क्यापिटलको १०.५२ प्रतिशत नगद लाभांश पारित


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र २२ २०८०
1.4K
SHARES

२२ भदौ काठमाडौं । ज्योति क्यापिटल लिमिटेडको प्रथम वार्षिक साधारणसभाबाट साढे १० प्रतिशत नगद लाभांश अनुमोदन भएको छ।सञ्चालक समितिका अध्यक्ष कपिल ढकालको अध्यक्षतामा बिहीबार कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा आयोजित वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९/८०को नगद लाभांश अनुमोदन गरेको हो।

उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १०.५२६३ प्रतिशतका दरले हुन आउने लाभांश कर सहित रु.२,२१,०५,२३०/- (अक्षरेपी दुई करोड एक्काइस लाख पाँच हजार दुई सय तीस मात्र) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ सभाले ज्योति विकास बैंक वाहेकका संस्थापक समूहको शेयरधनीहरुको तर्फबाट संञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा अविनास उप्रेतीलाई निर्विरोध निर्वाचित समेत गरेको छ ।

ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेका यस क्यापिटलको चुक्ता पूँजी २१ करोड रहेको छ । कारोवार संचालनको अनुमति पाएको ३ महिना भन्दा कम समयमा नै यस क्यापिटलले रु.६३.५९ लाखको आयकर तथा रु.३.७२ लाख बराबर अन्य कर गरी जम्मा रु.६७.३१ लाख कर मार्फत राज्यको समृद्धिमा योगदान पु¥याएको छ ।

हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने उद्देश्य वोकेको यस क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकिङ्ग कार्य गर्न अनुमतिको लागि आवेदन गरी धितोपत्र बोर्डबाट पूर्वाधार तयार गर्ने पत्र प्राप्त गरी लगानी व्यवस्थापन, संस्थागत परामर्श लगायतका सेवा प्रदान गर्ने गरी पूर्ण संचालनमा आउने क्रममा रहेको छ ।