एनआईसी एशियाको एप्सबाट कनेक्ट आइपीएस गर्दा स्मार्टफोन उपहार


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र २२ २०८०
2.1K
SHARES

२२ भदौ काठमाडौं । एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ्ग ग्राहकको लागि विशेष अफर सार्वजनिक गरेको छ ।बैंकले कनेक्ट आइपीएससँँगको सहकार्यमा ‘फण्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर ल्याएको हो ।

अफर अन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली मोबाइल बैकिङ्ग ग्राहकले एनआईसी एसिया बैंकको मोबाइल बैकिङ्ग एप प्रयोग गरी कनेक्ट आइपिएसमार्फत फण्ड ट्रान्सफर गर्दा एक थान स्मार्टफोन जित्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भदौ १७ देखि असोज २० गतेसम्म यस्तो अफर चल्ने बैंकले बताएको छ । आइतबारदेखि शनिबारसम्मको अवधिलाई एक हप्ता मानेर ‘लक्की ड्र’मार्फत विजेता घोषणा गरिने बैंकले बताएको छ । उक्त विजेताको जानकारी एनआईसी एशिया बैंकको आधिकारिक सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिने बताइएको छ ।

फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ती मोबाइल बैकिङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई थप प्रर्वद्धन गर्न यस्तो अफर ल्याइएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कनेक्ट आइपिएसमार्फत प्रति दिन प्रति कारोबार तीन लाख रूपैयाँसम्म ट्रान्सफर गर्न सकिन्छ ।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । देशभर एनआईसी एशियाको ३६० शाखा कार्यालयहरू, ६०१ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित बैंकिङ्ग सञ्जाल रहेको छ ।