एभरेष्ट बैंकले लाभांश घोषणा गर्यो


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र २८ २०८०
2.1K
SHARES

२८ भदौ काठमाडौं । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७९र८० को नाफाबाट शेयरधनीलाई २०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।  भदौ २७ गते बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १० प्रतिशत बोनस र १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरी बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । बैंकले आर्थिक वर्ष २०७८र७९मा बैंकले शेयरधनीहरुलाई १३ प्रतिशत बोनस शेयर र ७।६८ प्रतिशत नगद गरी कूल २०।६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।