हिजो बढेको सुनको भाउ आज घट्यो
Capital Headline
प्रकाशित मिति :
बुधबार, असोज ३ २०८०
6.4K
SHARES
३ असोज काठमाडौं । हिजो प्रतितोला पाँच सय रुपैयाँ बढेको सुनको भाउ आज केही घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको हो। हिजो प्रतितोला पाँच सय रुपैयाँ बढेर सुनको भाउ १ लाख १३ हजार पुगेको थियो।
आज प्रतितोला २ सय रुपैयाँ घटेर सुनको भाउ १ लाख १२ हजार ८ सय निर्धारण भएको छ। चाँदीको भाउ पनि आज तोलको ५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदी एक हजार चार सय ५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट