एटिक रेस्टुरेन्टमा कामना सेवा विकास बैंकका ग्राहकलाई छुट


Capital Headline
प्रकाशित मिति : बुधबार, असोज ३ २०८०
2.7K
SHARES

३ असोज काठमाडौं । कामना सेवा विकास बैंक र एटिक ग्रुप प्रालिबीच मंगलबार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरूले काठमाडौँ महानगरपालिका–३० ज्ञानेश्वर स्थित एटिक रेस्टुरेन्टले  प्रदान गर्ने रेस्टुरेन्ट सेवामा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सबैले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।