माछापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज ७ २०८०
1.8K
SHARES

७ असोज काठमाडौं । माछापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १३.३० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो ।

मूल्य समायोजनसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता २३२.६६ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता २६३.६० रुपैयाँ थियो ।

यससँगै अबको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता २३२.६६ रुपैयाँलाई आधार मानेर हुने छ ।