एभरेष्ट बैंकका र निरभाना फिजियोथेरापी सेन्टरबीच सम्झौता


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज १२ २०८०
2.8K
SHARES

१२ असोज काठमाडौं । एभरेष्ट बैंकका ग्राहकलाई निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टरमा विशेष छुट हुने भएको छ । एभरेष्ट बैंक र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर, लाजिम्पाट बिच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यो संगै बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुले उक्त वेलनेस सेन्टरबाट विभिन्न सेवामा २५ प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् ।

बैंकका रिटेल तथा एसएमई प्रमुख विष्णु प्रसाद ज्ञवाली र वेलनेस सेन्टरका प्रबन्ध निर्देशक रजुल श्रेष्ठद्घारा हस्ताक्षर भएको छ । उक्त सम्झौता लागू भए संगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारीक सदस्यहरुले उक्त वेलनेस सेन्टरबाट विभिन्न सेवामा १० प्रतिशत देखी २५ प्रतिशतसम्मको विशेष छुटको लाभ लिन सक्ने बैंकले जनाएको छ ।

सो समारोहमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रती, बजार अधिकृत एलिना कार्की तथा वेलनेस सेन्टरका तर्फबाट सञ्चालन तथा बजार निर्देशक स्वर्णिम सुवालको समेत उपस्थिति रहेको थियो ।