५ वटा शाखा कुमारी बैंकले एकैपटक संचालनमा ल्यायो


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज १२ २०८०
3.5K
SHARES

१२ असोज काठमाडौं । कुमारी बैंकले ५ नयाँ शाखा विस्तार गरेको छ । कुमारी बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बागमती प्रदेशस्थित काठमाण्डौं जिल्लाको कपन, सितापाइला, डल्लु र ललितपुर जिल्लाको भैसेँपाटी, टौखेल समेत गरी ५ स्थानमा शुक्रबारबाट शाखाहरु सञ्चालनमा ल्याएको छ ।

बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु विस्तार गरेको हो । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पुर्याउने योजना बनाएको बैंकले जनाएको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०९ शाखा सञ्जाल, ३०९ एटिएम, ४८ एक्सटेन्सन काउन्टर तथा ६४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।