सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने म्याद थप


Capital Headline
प्रकाशित मिति : बुधबार, असोज १७ २०८०
4.5K
SHARES

१७ असोज काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले आईपीओमा आवेदन दिन म्याद थप गरेको छ । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओमा निर्धारित समयमा मागभन्दा कम आवेदन परेकाले समय थप गरेको हो ।

अब कम्पनीको आइपीओमा असोज २८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ । यद्यपी, उक्त समय अगावै मागभन्दा बढी आवेदन परेको खण्डमा सूचना जारी गरेर आइपीओको बिक्री बन्द गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले असोज १४ गतेदेखि १०० अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसका दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर सर्वसाधरणका लागि बिक्रीमा ल्याएको हो ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। आईपीओ बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल रहेको छ।

सीडीएसका अनुसार कम्पनीको आइपीओमा असोज १६ गते मंगलबार साँझसम्ममा ७ लाख ३२ हजार ९५३ जनाले ८५ लाख ६६ हजार ८४० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा कम आवेदन हो ।