अटो–रिक्सा चालकलाई एभरेष्ट बैंकको क्यूआर कोड


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज १९ २०८०
1.8K
SHARES

१९ असोज काठमाडौं । एभरेष्ट बैंक लिमिटेडद्घारा नेपाल अटो तथा इ–रिक्सा यातायात प्रालि तिलोत्तमा रुपन्देहीलाई वित्तीय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण गरेको छ । लम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा–५ मणिग्राम रुपन्देहीमा आयोजित एक विशेष कार्यक्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाल अटो तथा इ–रिक्सा यातायात प्रालिका ५५ भन्दा बढी सदस्यहरुलाई क्यूआर कोड हस्तान्तरण गरे ।

प्रमुख अतिथी तिलोत्तमा नगरपालिकाका उप–प्रमुख श्रीमती जागेश्वरदेवि चौधरीले एभरेष्ट बैंकको यस वित्तीय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण कार्यले सर्वसाधरणहलाई सरल तथा सुरक्षित बैंकिङ सुविधा उपलब्ध हुनेमा विश्वास व्यक्त गरिन्‌ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत खलिङले लम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा–५ मणिग्राम रुपन्देहीका सर्वसाधारणहरुमाझ यसरी वित्तीय साक्षरता प्रदान गर्न पाउँदा खुसी लागेको र यसले सम्पूर्ण त्तिलोत्तमा बसीहरुमा सुरक्षित बैंकिङ गर्न हौसाल मिल्ने, नयाँ उद्यम गर्न बैंकले सहयोग गर्ने विश्वास दिलाए । साथै,  नेपाल अटो तथा इ–रिक्सा यातायात प्रालिसँग आबद्ध ५५ भन्दा बढी चालकहरुलाई क्यूआर कोड हस्तान्तरण गरिएकोमा यसले निजहरुलाई नगद कारोबार गर्ने झन्झटबाट मुक्ति दिने र व्यापार प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर भैरहवाका प्रमुख सतेन्द्रराज सुवेदी तथा एभरेष्ट बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रतीले १०० जना भन्दा बढी टेम्पो तथा इ–रिक्सा चालक र महिला उद्यमी दिदीबहिनीहरुलाई वित्तीय साक्षरता सचेतना प्रदान गरे । सो वित्तीय साक्षरता सचेतना कार्यक्रमा उप्रेतीले स–साना बचतले पनि भविष्यमा आइपर्ने जोखिम व्यवस्थापन गर्न मद्दत पुग्ने कुरा उल्लेख गरे ।

फोन पे को सहकार्यमा क्यूआर कोड हस्तान्तरण गरिएको उक्त कार्यक्रमा फोन पे का प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाको समेत उपस्थिति रहेको थियो भने तिलोत्तमा नगरपालिकाका वडा नं. ५ का वडा अध्यक्ष रमेश डुम्रे, नेपाल अटो तथा इ–रिक्सा यातायात प्रालि तिलोत्तमाका सभापति शेषकान्त भुषल तथा सचिव खड्ग बहादुर के.सी, तिलोत्तमा नगरपालिकाको कार्यलयका आर्थिक विकास तथा प्रमुख कृष्ण प्रसाद पाण्डे लगायत बैंकका डिजिटल विभाग प्रमुख शंकर पोखरेल, बैंकका प्रमुख प्रबन्धक हरिश आचार्य, लुम्बिनी प्रदेश प्रमुख लव प्रसाद कुइकेल, मणिग्राम शाखाका शाखा प्रबन्धक विमल भुषाल लगायत अन्य विशिष्ट कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।