मुक्तिनाथ विकास बैंक र सुमेरु अस्पतालबीच सम्झौता


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज १९ २०८०
1.8K
SHARES

१९ असोज काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सेवा दिन ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालसँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ।

यस व्यावसायिक सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकले सुमेरु अस्पतालकोे विभिन्न सेवा जस्तै– ओपीडी, आईपीडी र फार्मेसीमा विशेष १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन्।साथै बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।