१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक


Capital Headline
प्रकाशित मिति : बुधबार, असोज २४ २०८०
3.6K
SHARES

२४ असोज काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले ८ वर्षे विकास ऋणपत्र २०८८ ‘घ’ बिक्री गर्ने भएको हो ।

उक्त विकास ऋणपत्र बोलकबोल प्रक्रियाबाट निष्काशन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकले यो विकास ऋणपत्र खरिद गर्न पाउनेछन् ।

असोज २५ गतेका दिन बोलकबोल हुने ऋणपत्र असोज २६ गते निष्काशन गरिने राष्ट्र बैंकले जनाएको छ ।