राष्ट्र बैंकले १८ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी नवीकरण गर्ने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज २६ २०८०
7.1K
SHARES

२६ असोज काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी मगलबार अर्थात् असोज ३० गते १८ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको नवीकरण गर्ने भएको छ । केन्द्रीय बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने गरी तीन किसिममा उक्त ट्रेजरी नवीकरण गर्न लागेको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो ३ बजेभित्र आवेदन दिन सक्नेछन् । बैंकका अनुसार ९१ दिने ट्रेजरीका लागि ८ अर्ब ७० करोड रुपैयाँ छुट्टाइएको छ भने १८२ दिनेका लागि ५ अर्ब रुपैयाँ र ३६४ दिने ट्रेजरीका लागि ६ अर्ब रुपैयाँ छुट्टाइएको छ ।

सोमबार बोलकबोल हुने ट्रेजरी मंगलबार अर्थात् असोज ३० गते बिक्री गरिनेछ । यसअघि केन्द्रीय बैंकले असोज २२ गते १७ अर्ब ४६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।