कामना र नेपाल पेमेन्ट सोलुसनबिच रकमान्तर सेवाबारे सम्झौता


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक १ २०८०
4K
SHARES

१ कार्तिक काठमाडौँ । कामना सेवा विकास बैंक र भुक्तानी प्रणाली सेवा प्रदायक नेपाल पेमेन्ट सोलुसनबिच अन्तर बैंक रकमान्तर सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौता बमोजिम कामना सेवा विकास बैंकका मोबाइल बैकिङ प्रयोगकर्ताहरुले आफ्नो मोबाइल बैंकिङ एप भित्र रहेको इन्स्टा फन्ड ट्रान्सफरमार्फत अन्य बैंक तथा वित्तीय संस्थाको खातामा रकम रकमान्तर गर्दा सेवा शुल्क बापत मात्र रु.१ लाग्नेछ ।

यो योजना २०८० कार्तिक १ गतेदेखि लागु भई पुस मसान्तसम्म लागु हुने समेत बैंकले जनाएको छ । नेपाल पेमेन्ट सोलुसनले नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिई भुक्तानी सेवा प्रदायकको रूपमा सेवा प्रदान गरिरहेको छ ।