घट्यो सुनको मूल्य
१३ कार्तिक काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १७ हजार रुपैयाँमा कारोबार भएकोमा आज पाँच सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १६ हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ९५० रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४१० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।