घट्यो सुनको मूल्य, कतिमा छ आज कारोवार ?


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक १४ २०८०
2.3K
SHARES

१४ कात्तिक काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज पनि घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज पाँच सय रुपैयाँले घटेको हो । सोमबार पनि सुनको मूल्य पाँच सय रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १६ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ४५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४२० रुपैयाँ  मूल्य कायम भएको महासंघले जनाएको छ ।