सिद्धार्थ बैंकले बोलायो साधारण सभा


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक १४ २०८०
1.3K
SHARES

१४ कात्तिक काठमाडौं । सिद्धार्थ बैंकले मंसिर ५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा आम्रपाली ब्यांकेट बालुवाटार काठमाडौंमा बिहान १० बजे बोलाएको हो । सभाले सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट करसहित प्रस्ताव गरेको ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्वायर गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ। लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि उक्त सभाले पारित गर्नेछ

साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक २१ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । यसर्थ, कात्तिक २० गतेसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।