एनएमबि बैंकको नाफा ९६ करोड


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक १७ २०८०
3.8K
SHARES

१७ कार्तिक काठमाडौं । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण हेर्दा बैंकले यस अवधिमा ९६ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको देखिन्छ ।

बैंकले कमाएको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.५३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९० करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड ४५ लाख रुपैयाँ रहेको छ भने बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ रहेको छ । त्यस्तै, बैंकको जगेडा कोषमा १० अर्ब ९६ करोड २२ लाख रुपैयाँ सञ्चित छ ।