कामना सेवा विकास बैंकले यी १७ कार्यक्रमका साथ वार्षिकोत्सव मनाउने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक १७ २०८०
4K
SHARES

१७ कार्तिक काठमाडौं ।  कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औँ वर्ष पुरा गरी १७ औँ वर्षमा प्रवेश गर्ने शुभ अवसरमा देशैभर विभिन्न कार्यक्रमहरु आयोजना गरी सप्ताहव्यापी रुपमा मनाउने भएको छ । १७ औँ वार्षिकोत्सवको शुभ अवसरमा विभिन्न १७ वटा कार्यक्रमहरु आयोजना गर्न लागिएको बैंकले जनाएको छ ।

जस अन्तर्गतः १७ गते शुक्रवारदेखि २३ गते बिहीबारसम्म कामना सेवा फुटसलकप सिजन ३, हाईकिङ्ग कार्यक्रम, सरसफाई कार्यक्रम, सातै क्षेत्रमा रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, छात्रवृत्ति वितरण, ट्राफिक सचेतना वोर्ड हस्तान्तरण, वाकाथुन कार्यक्रम, स्वास्थ्य ल्याव हस्तान्तरण, डिजिटल मेला, विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण, डिजिटल दान पेटिका हस्तान्तरण, नेत्रहिनहरुको वक्तृत्वकला प्रतियोगिता लगायतका कार्यक्रमहरु सम्पन्न गर्ने जनाएको छ ।

जसअन्तर्गत १७ गते शुक्रवारदेखि बैंकले हरेक वर्ष आयोजना गर्ने फुटसल प्रतियोगिताको तेस्रो संस्करण शुरुवात गर्नेछ । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको सहभागीतामा सम्पन्न हुने उक्त प्रतियोगिता बैंकले हरेक वर्ष गर्दै आएको छ ।बैंकले आफ्ना १३५ वटा संजाल तथा ७७ वटा एटिएम वुथहबाट आफ्ना अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरिरहेको जनाएको छ ।