कुमारी बैंकको ऋणपत्र बाँडफाँट


Capital Headline
प्रकाशित मिति : सोमबार, कार्तिक २० २०८०
2.9K
SHARES

२० कार्तिक काठमाडौं । कुमारी बैंक लिमिटेडले कात्तिक २ गतेदेखि १३ गतेसम्म विक्री गरेको ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले रिपपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरूलाई कात्तिक १९ गते ऋणपत्र बाँडफाँट गरेको हो ।

बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ नामको ऋणपत्र निष्कासन गरेको हो । प्रतिऋणपत्र एक हजार अंकित मूल्यमा ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र विक्री गरेको हो । कुल कित्तामध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिएकोे हो भने बाँकी ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा विक्री गरिएको हो ।

सर्वसाधारणमा बाँडफाँट गरिएको कुल कित्ता ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता ऋणपत्र भने सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकिएको छ । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।