चन्दननाथमा कुमारी बैंकले खोल्यो शाखा


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर ५ २०८०
1.4K
SHARES

५ मंसिर काठमाडौं । कुमारी बैंकले जुम्लाको चन्दननाथ नगरपालिकामा शाखा स्थापना गरेको छ । बैंकले मंसिर ४ मा चन्दननाथ शाखा सञ्चालनमा ल्याएको हो । शाखा स्थापनाले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ सेवा प्राप्त हुने बैंकको विश्वास छ । बैंकले आगामी दिनमा थप शाखा विस्तार गरेर आधुनिक बैंकिङ सेवा पुर्‍याउने योजना बनाएको छ ।

२२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले देशभरका ३०९ शाखा, ३१५ एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।