भोलिदेखि घाम लाग्छ : मौसमविद्


Capital Headline
प्रकाशित मिति : बिहिबार, मंसिर २१ २०८०
1.6K
SHARES

२१ मंसिर काठमाडौँ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान शाखाले भोलीदेखि मौसममा सुधार भएर दिउँसोको समयमा घाम लाग्ने बताएको छ । बिहीबार काठमाडौँसहित देशका विभिन्न भूभागमा बादल लागेर मौसम चिसो बनेको छ ।

भारतको छत्तिसगढ माथि विकास भएको बादल नेपाल प्रवेश गरेको र पश्चिमी वायुका कारण चिसो बढेको मौसमविद् गंगा नगरकोटीले  बताइन् ।