महँगी नियन्त्रणमा मौद्रिक नीति विफल
२२ मंसिर काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीति महँगी नियन्त्रणमा निष्प्रभावी देखिएको छ । मौद्रिक नीतिमा किटिएभन्दा १.२४ प्रतिशत बढीले मुद्रास्फीति भएको हो ।
आर्थिक वर्ष २०८०/८१ मा केन्द्रीय बैंकले वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.५० प्रतिशतको सीमाभित्र रहनेगरी मौद्रिक व्यवस्थापन गरिने जनाएको थियो । तर यस्ताो नीति लिएको पहिलो तीन महिनाको औसत उपभोक्ता मुद्रास्फीति ७.७४ प्रतिशत कायम भएको छ ।
समीक्षा अवधिमा खासगरी खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि दर उच्च रहेको राष्ट्र बैंकले जनाएको छ ।