ग्लोबल आइएमई लघुवित्तले यस वर्ष आधा घटायो लाभांश


Capital Headline
प्रकाशित मिति : सोमबार, मंसिर २५ २०८०
1.3K
SHARES

२५ मंसिर काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष गत वर्षभन्दा आधा कम लाभांश वितरण गर्ने भएको छ । मङ्सिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी ६१ करोड ८९ लाख रूपैयाँको आधारमा कर समेत १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ । गत वर्ष कम्पनीले कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो । १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ८ प्रतिशत नगद लाभांश गत वर्ष वितरण गरेको कम्पनीले यस वर्ष आधाले लाभांश वितरण गर्न लागेको हो ।