प्राइम कमर्सियल बैंकले यस वर्ष लाभांश वितरण नगर्ने


Capital Headline
प्रकाशित मिति : मंगलबार, पौस ३ २०८०
1.6K
SHARES

३ पुस काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । पुस ३ गते विहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

उक्त समितिको बैठकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन स्वीकृत गरी नेपाल राष्ट्र बैंकको अनुमतिका लागि पेश गर्ने निर्णय पनि गरेको छ । विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गरेको कम्पनीले यस वर्ष भने लगानीकर्ताको हात खाली बनाएको हो । गत वर्ष ४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ४ दशमलव ९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।