नाडाको अध्यक्षमा करण चौधरी सर्वसम्मत


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस ४ २०८०
1.6K
SHARES

४ पुस काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा सीजी होल्डिङ्सका करण चौधरी सर्वसम्मत भएका छन्  । वर्तमान अध्यक्षको पहलमा पूर्वअध्यक्षहरुले अध्यक्षमा सर्वसहमति खोज्ने प्रयासस्वरुप नाडाले सहमतिमा अध्यक्ष चयन गर्न सर्वसम्मत गरेको हो ।

नाडाका अध्यक्ष थापाका अनुसार नाडाको विद्यान संशोधन गरेर आगामी कार्यकालदेखि वरिष्ठ उपाध्यक्षसमेत रहने भएको छ । बरिष्ठ उपाध्यक्ष जीओ अटोमोबाइल्सका आकाश गोल्छालाई दिने सहमति भएको उनले बताए । यस्तो सहमतिपछि अब आगामी पुस २० र २१ गते हुने नाडाको ४७ औं वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति घोषणा हुने भएको छ । २ वर्षे नयाँ कार्यसमिति चयनपछि चौधरीले अध्यक्षको जिम्मेवारी पाउने छन ।