नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ऋणपत्र निष्कासन गर्ने


Capital Headline
प्रकाशित मिति : बिहिबार, पौस ५ २०८०
2.2K
SHARES

५ पुस काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले ४ अर्ब ४ करोड बरारबको ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो । बैंकले ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्ने छ ।

कम्पनीले कुल कित्तामध्ये १६ लाख १६ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने २४ लाख २४ हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

कम्पनीले आगामी १० वर्षको लागि वार्षिक १० प्रतिशत ब्याजदरमा ‘एनआईएमबी डिबेन्चर २०९०’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो । यसमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।