यी चार कम्पनी परे कालोसूचीमा


Capital Headline
प्रकाशित मिति : बिहिबार, पौस १२ २०८०
3K
SHARES

१२ पुस काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले चारवटा कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले समयममै नियमानुसार काम नगर्ने चारवटा कम्पनीलाई दुईदेखि तीन वर्षका लागि कालोसूचीमा राखेको हो ।

कालोसूचीमा परेका कम्पनीले कालोसूचीमा राखिएको अवधीमा सार्वजनिक निकायको कुनै पनि निर्माण तथा खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।